• १२ माघ २०८२, सोमबार

गद्य रचना र गीत लोकार्पण

blog

काठमाडौँ, माघ १२ गते । साहित्यिक पत्रकार सङ्घले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का ‘गद्य रचनाहरू’ तथा ‘नसा नसामा’ गीतको लोकार्पण गरेको छ । जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी ग्रन्थ र नसा नसामा बोलको गीतको लेखन नरेन्द्रबहादुर श्रेष्ठले गर्नुभएको हो । नसा नसामा गीतमा स्वर/सङ्गीत नरहरि प्रेमीको रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलगायत अन्य अतिथिले दुवै गीतको सामूहिक रूपमा लोकार्पण गर्नुभयो । वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठले पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाको समीक्षा गर्नुभयो । अर्का वरिष्ठ समालोचक प्रमोद प्रधानले जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी ग्रन्थको समीक्षा गर्नुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले आआफ्ना मन्तव्य राख्नुभएको थियो ।