शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ११ गते । साफ महिला फुटसलको उपाधि बङ्गलादेशले जितेको छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा आइतबार भएको खेलमा माल्दिभ्सलाई १४–२ गोलले हराउँदै बङ्गलादेश च्याम्पियन बनेको हो ।
यस्तै नेपालले लिगको अन्तिम खेलमा भुटानलाई ५–३ गोलले हरायो । जितसँगै नेपाल चौथो बनेको छ ।
भारत भने उपविजेता बन्यो । च्याम्पियनसिपमा नेपालले तीन जित, एक बराबरी र दुई हार खेप्यो ।