• ११ माघ २०८२, आइतबार

राष्ट्रिय लिग : एपिएफ र एनआरटी विजयी

blog

बल खोस्ने प्रयास गर्दै एपिएफ र संकटाका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ ११ गते । विभागीय टोली एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय लिगमा आइतबार विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपिएफले संकटा क्लबलाई २–१ गोलले हरायो । एपिएफको जितमा दीप लामा र युवराज खत्रीले गोल गर्नुभयो ।

संकटाका गणेश हमालले सान्त्वना गोल फर्काउनुभयो । यससँगै एपिएफले लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । यस्तै अर्को खेलमा एनआरटीलाई जिताउन आशिष गुरुङले दोस्रो हाफमा निर्णायक गोल गर्नुभयो । एनआरटी पनि लिगमा अपराजित रहने टोली हो । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।