• ११ माघ २०८२, आइतबार

रियल म्याड्रिड शीर्षस्थानमा

blog

गोल गरेपछि रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, माघ ११ गते । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियलले भिल्लारियललाई उसैको मैदानमा २–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा दुवै गोल स्टार स्ट्राइकर केलियन एमबाप्पेले गर्नुभयो । उहाँले ४७औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । 

जितसँगै रियलले २१ खेलबाट ५१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाले ४९ अङ्क छ । पराजित भिल्लारियल ४१ अङ्कसहित चौथो स्थानमा छ । एजेन्सी