शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, माघ ११ गते । दुई जना प्रदेश सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा आज भएको निर्वाचनमा २२० मत खसेको छ ।
जम्मा २२४ मत रहेकोमा दुई प्रदेश सभा सदस्य र दुई पालिकाका जनप्रतिनिधिले निर्वाचनमा भाग लिएनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा सदस्यबाट ५१ मत रहेकोमा ४९ र १७३ मत रहेको स्थानीय तहबाट १७१ मत खसेको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखा कठरिया भोट हाल्न नआएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । उहाँले मतगणना आजै सकेर नतिजा सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।
एक महिला र एक अन्य गरी दुई सदस्य चयनका लागि चार जनाको उम्मेदवारी रहेको छ ।