• ११ माघ २०८२, आइतबार

राष्ट्रिय सभा नेकपा संसदीय दलको नेतामा भुसाल

blog

नेकपा राष्ट्रिय सभाको संसदीय दलका नेता नियुक्त हुनुभएका बेदुराम भुसाललाई बधाई दिनुहुँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौँ, माघ ११ गते । नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको छ।

पार्टीले दलको नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो।