मधेश प्रदेश ब्युरो
जनकपुरधाम, माघ ७ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार प्रदेशका आठै जिल्लामा शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । उम्मेदवारले सर्मथक र प्रस्तावका साथ निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन पुुगेका विभिन्न दलका उम्मेदवारले गणतन्त्रको सुदृढीकरणका साथसाथै संविधानलाई सही ट्र्याकमा ल्याउन र देशको विकास र समृद्धिका लागि उम्मेदवारी दर्ता गराएको प्रतिव्रिmया दिएका छन् ।
सर्लाहीमा शीर्ष नेताको उम्मेदवारी
सर्लाही समाचारदाता जर्नाजन खत्रीका अनुसार फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा विभिन्न राजनीतिक दलबाट शीर्ष नेताले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । थापा आफैँ सहभागी हुन नभ्याएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले थापाको उम्मेदवारी दर्ता गराइदिनुभएको हो ।
त्यस्तै सर्लाही क्षेत्र नं. ४ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा नेकपा (एमाले) बाट अभिनिस यादव, नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनीश राय, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै सर्लाहीको क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा निवर्तमान प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले) का हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साहलगायतले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाहीको क्षेत्र नं. २ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो र निवर्तमान प्रतिनिधि सभा सदस्य एवं नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्रराय यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं. २ मा नेकपा (एमाले) बाट नागेश्वर साह, नेपाली कांग्रेसबाट कार्यवाहक जिल्ला सभापति डा. सरोजकुमारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसै गरी सर्लाहीको क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा (एमाले) बाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमोद साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नितिमा कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । चार वटै निर्वाचन क्षेत्रमा केही स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । सर्लाहीमा यो पटकको निर्वाचनमा केही शीर्ष नेतासमेत आएर चुनावी प्रतिस्पर्धामा होमिएपछि चुनावी माहोल झनै बढेको छ ।
धनुषामा १५८ जनाको उम्मेदवारी
धनुषा समाचारदाताका अनुसार धनुषा क्षेत्र नं. २ मा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट उमाशङ्कर
अरगरिया, नेपाली कांग्रेसबाट दिनेशप्रसाद पर्सैला यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रामचन्द्र झा, रास्वपाबाट रामविनोद यादव, जसपा नेपालबाट पशुपति यादव, राप्रपाबाट महेश्वर मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीका अनुसार धनुषा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट पूर्वमन्त्री जुलीकुमारी महतोले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीका प्रवक्ता तथा पूर्वप्रतिनिधि सभा सदस्य मनिष झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जनता समाजवादी पार्टी नेपालबाट पूर्वप्रदेश सभा सदस्य परमेश्वर साहले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय मुक्ति पार्टीबाट डा.
राजीव झा, नेपाली कम्युनिस्ट पार्टीबाट रामललित मण्डल र श्रम संस्कृति पार्टीबाट सदाम हुसैन, नेपालका लागि नेपाली पार्टीबाट चन्दन झा सहितले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
ढल्केबर समाचारदाता विजयकुमार साहका अनुसार धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव र नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित महासेठलाई प्रतिनिधि सभा सदस्यका लागि पार्टीले पुनः उम्मेदवार बनाएको हो । निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजकिशोर महतो, नेपाली कम्युनिस्ट पार्टीबाट सञ्जयकुमार महतो, आमजनता पार्टीबाट रामकुमार महतो, जनता समाजवादी पार्टीबाट कृष्णचन्द्र साहसहितले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसै गरी धनुषा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) बाट पूर्वसभामुख रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री मातृकाप्रसाद यादव, जनता समाजवादी पार्टीबाट पूर्वमन्त्री दीपक कार्की, नेपाली कांग्रेसबाट पल्टन साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट किशोरी साह, उज्यालो नेपालबाट महेश यादवसहितले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जलेश्वर समाचारदाता महेशकुमार दास र बर्दीबास समाचारदाता रविन्द्र उप्रेतीका अनुसार महोत्तरीको
निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट मुकेशराज काफ्ले, नेकपा (एमाले) बाट लक्ष्मी महतो कोइरी, जसपा नेपालबाट योगनारायण महतो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार महतो, नेपाली कम्प्युनिस्ट पार्टीबाट
गिरिराजमणि पोखरेल, नेकपा संयुक्तबाट मणिराज निरौला, नेपाल मजदुर किसान पार्टीबाट कृष्णश्वरी दुवाल, जनमत पार्टीबाट वीरेन्द्र महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमप्रसाद पोखरेलसहित २५ जनाले मनोेनयनपत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृत गगनदेव महतोले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट किरण यादव, रास्वपाबाट ई. दीपक साह, जसपा नेपालबाट शरत्सिंह भण्डारी, जनमत पार्टीबाट जयकुमार पाण्डेय, नेकपा (एमाले) बाट कासिम नदाफसहित ३७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शोभाकर खरेलले बताउनुभएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांगे्रसबाट बजरङ्ग नेपाली, नेकपा (एमाले) बाट मनोज सिंह, जसपा नेपालबाट मीनाक्षी ठाकुर झा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्ज्वल झा, नेपाल कम्युनिस्ट पार्टीबाट राजकिशोर सिंह (नब्बा सिंह), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश्वर राय जनमत पार्टीबाट अरबिन्द ठाकुर, सङ्घीय समाजवादीबाट रिजवान अन्सारी, उज्यालो नेपालबाट रञ्जितकुमार साह, नेपाल जनता पार्टीबाट विनय कुमार मिश्र, नेपालका लागि नेपाल पार्टीबाट रजनीश सनातनी र स्वतन्त्रबाट रामआधार कापर, हरिनारायण यादवसहित ४२ जनाले मनोेनयनपत्र दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले बताउनुभएको छ ।
निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट महेन्द्रकुमार राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गौरी नेपाल, नेपाली कम्युनिस्ट पार्टीबाट भरतप्रसाद साह, जसपा नेपालबाट डा. सुरेन्द्र यादव, जनमत पार्टीबाट मनोज साह, नेकपा (एमाले) बाट नीलम अधिकारीसहित २५ जनाले मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृत नारायण प्रसाद चापागाईंले बताउनुभएको छ ।
सप्तरीका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता उत्साहपूर्ण कल्याणपुर समाचारदाता विनय कर्णका अनुसार चार निर्वाचन क्षेत्र रहेको सप्तरीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका
रामदेव साह, एमालेका सुमनराज प्याकुरेल, नेपाली कम्युनिस्ट पार्टीका सागरकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका पुष्पा चौधरी, स्वाभिमान पार्टीका सुमितकुमार, जनमत पार्टीका डा. जयकान्त राउत, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टी हर्खनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजित कुमार झा, नेपाल जनता पार्टीका दीपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैसी, नागरिक उन्मुक्ति पार्टीबाट टीकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भुप्रसाद देव स्वतन्त्रबाट सञ्जयकुमार शर्मा, उम्दादेवी सदा, जगदेव सदा, रिजवाना खातुनले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट जिल्ला उपसभापति रामकुमार यादव, नेकपा (एमाले) बाट मो. जियाउल रहमान, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यनाथ यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालबाट उमेशकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, स्वाभिमान पार्टीबाट सतीशकुमार सिंह, नेपाल जनता पार्टीबाट रञ्जु ठाकुर, जनता लोकतान्त्रिक पार्टीबाट बलरामप्रसाद यादव, उज्यालो नेपाल पार्टीबाट दीपक चौधरी, नेपाल मजदुर किसान पार्टीबाट नीलमकुमारी यादव, आमजनता पार्टीबाट सुनीलराज दास, नेपाल सङ्घीय समाजवादी पार्टीबाट राजकुमार मण्डल, स्वतन्त्रबाट प्रेमकुमार यादवले उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका दिनेशकुमार यादव, एमालेका ताराकान्त चौधरी, नेपाली कम्युनिस्ट पार्टीका अरुणकुमार साह, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, रास्वपाका अमरकान्त चौधरी, जनमत सुरेन्द्र शर्मा मधेशी, उज्यालो नेपाल पार्टी परमेश्वर प्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभुप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वर प्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्रकुमार मण्डल, आमजनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोषकुमार चमन, स्वतन्त्र उम्मेदवार कोशिलादेवी पासमान, हरिनाराण पासमान, रजियादेवी यादव, सरिताकुमारी यादव, प्रभुनाराण चौधरी, दुबीलाल यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी, एमालेका बालकृष्ण चौधरी, नेपाली कम्युनिस्ट पार्टीका रुबी कर्ण, जसपा नेपालबाट डा. बबीसिंह यादव, रास्वपाका सीताराम साह, नेपाल जनता पार्टीका कौशलकिशोर दास, उज्यालो नेपाल पार्टीका बिसोकुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साह, स्वतन्त्रबाट सन्तोषप्रसाद सिंह र सुनीलकुमार यादवसहितले उम्मेदवारी दिनुभएको राजविराजस्थित मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।
मनोनयन दर्ता सम्पन्न
वीरगन्ज समाचारदाता दीपकप्रसाद गौतमका अनुसार
चार वटा निर्वाचन क्षेत्र रहेको पर्सामा मनोनयन दर्ता सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी दिनुभएको छ । पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) बाट प्रदीप यादव, नेपाली कांग्रेसबाट अनिल रुङ्गटा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट अजय चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धिबहादुर (हरि) पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नन्दु श्रीवास्तव, जनता समाजवादी पार्टी नेपालबाट रामनरेश प्रसाद यादवलगायत १८ विभिन्न पार्टीबाट १२ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले) बाट रिमाकुमारी यादव, नेपाली कांग्रेसबाट अजयकुमार चौरसिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मनोज चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशीलकुमार साह कानू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीणा जयसवाल, जनता समाजवादी पार्टीबाट अशोक टेमानीलगायतले उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसका नेता राजेश्वरप्रसाद साह तेलीले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ ।
पर्सा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) बाट रूपेश पाण्डेय, नेपाली कांग्रेसबाट सुरेन्द्र चौधरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट छोेटेलाल यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामाकान्त चौरसियालगायतले उम्मेदवारी दिनुभएको हो । पर्सा निर्वाचन क्षेत्र नं. ४ मा नेकपा (एमाले) बाट जालिम मियाँ, नेपाली कांग्रेसबाट रमेश रिजाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जयप्रकाश थारू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य, जनता समाजवादी पार्टीबाट डा. कृपासिन्धु चौधरीलगायतले उम्मेदवारी दिनुभएको हो ।