• ७ माघ २०८२, बुधबार

कपिलवस्तुमा मनोनयन दर्ता उत्साहजनक

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सामुहिक फोटो खिचाउदै नेपाली कांग्रेस, रास्वपा र नेकपा एमालेका उम्मेदवार । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा(कपिलवस्तु), माघ ७ गते ।
कपिलवस्तुको तीन वटै क्षेत्रमा मनोनयन दर्ता  उत्साहजनक भएको छ । आगामी फागनु २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको कार्य मङ्गलबार उत्साहजनक भएको हो ।

कपिलवस्तु क्षेत्र नं. २ को सदरमुकाम तौलिहवामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनितिक दल र स्वतन्त्रले उम्मेदवारी दताए गराएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल, जनमतपार्टी र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कपिलवस्तुमा कुनै नयाँ पार्टीहरुले पनि पुरानै अनुहारलाई उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ बाट अतहर कमाल मुसलमान, क्षेत्र नं. २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ मा अभिषेक प्रताप शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, एमालेका तर्फबाट क्षेत्र नं. १ मा विश्रामप्रसाद थारु, क्षेत्र नं. २ मा दृर्ग नारायण पाण्डेय र क्षेत्र नं. ३ मा विरेन्द्र कनौडियाले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै रास्वपाबाट कपिलवस्तु क्षेत्र नं. १ मा मोहन आचार्य, क्षेत्र नं. २ मा विक्रम सिंह थापा र क्षेत्र नं. ३ मा प्रकाश राजौरियाले उम्मेदवारी दिनुभएको हो ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नं. १ मा कृष्ण बहादुर कुंवर, क्षेत्र नं. २ मा बृजेश कुमार गुप्ता र क्षेत्र नं. ३ मा एहसान मुसालमान रहनुभएको छ ।

त्यस्तै, राप्रपाबाट क्षेत्र नं. १ मा शत्रुहन विलास सिंह चौधरी, क्षेत्र नं. २ मा विष्णु प्रसाद भण्डारी र क्षेत्र नं. ३ मा प्रेम शंकर शुक्ला उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, जसपा नेपालले कपिलवस्तु क्षेत्र नं. १ मा बब्बु सिंह यादव, क्षेत्र नं. २ मा राम नेवास यादवलाई उम्मेदवार बनाएको छ ।

कपिलवस्तुमा आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । त्यस मध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन । मुख्य निर्बाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ । 

यस्तै क्षेत्र नम्बर २ मा १७ दल र ११ स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा १३ दल र २३ स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको निर्बाचन अधिकृत कुबेर पाण्डेयले बताउनुभयो ।

कपिलवस्तुमा २०७९ को निर्वाचनमा क्षेत्र नं. १ बाट एमालेका बलराम अधिकारी, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ मा एमालेबाट मंगलप्रसाद गुप्ता निर्वाचित भएका थिए ।