• ७ माघ २०८२, बुधबार

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सप्तरीको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय सप्तरी । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), माघ ७ गते ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीले हातहतियार बुझाउन सबैसँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरेको हो ।

२०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ, निश्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको एक महिना पश्चात फिर्ता पाउने गरी बुझाउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, २०८२ माघ २० गते भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।