अर्जुन काफ्ले
स्याङ्जा, माघ ७ गते । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं –१ मा मंङगलबार १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराउनु भएका हुन् ।
नेपाली कांग्रेसबाट आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुतलीबजार –५ का डा धनन्जय रेग्मी, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन चैपारी–५ का शैलेन्द्र घिमिरे, नेकपा(एमाले)बाट पुतलीबजार नगरपालिका –९ का मिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
यस्तै, राप्रपाबाट बिरुवा –६ का हुकुम बहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका याम बहादुर गुरुङ, नेशनल रिपब्लिक पाटीबाट फेदीखोला –२ का अर्जुनकुमार गुरुङ, उज्यालो नेपालबाट पुतलीबजार –१ क रविन्द्र मल्ल, नेकपा (माओबादी)बाट पुतलीबजार –२ का सोम बहादुर परियारबाट प्रगतीशिल लोकतान्त्रिक पार्टीबाट फेदीखोला –४ का रनबहादुर विश्वकर्मा, श्रम सस्कृति पार्टीबाट वालिङ –४ का पिरन गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
यस्तै स्वतन्त्रमा आँधीखोला –२ का मनोज नेपाली र अर्जुन चौपारी–१ का अशोक विष्टले उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।
यहाँ उम्मेदवारी दर्ता गनु भएका सबैले देश बनाउनकै लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । यहाँ राष्ट्रिय दलले बाजाँगाजाँसहित उम्मेदवारी दर्ता गराउँदा साना दल भने प्रस्तावक र समर्थकबाट ल्याएर दर्ता गराउनु भएको थियो ।