काठमाडौँ, माघ ७ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपियाँ २७ पैसा र बिक्रीदर १४५ रुपियाँ ८७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ३६ पैसा र बिक्रीदर १७१ रुपियाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ५६ पैसा र बिक्रीदर १९६ रुपियाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपियाँ ९० पैसा र बिक्रीदर १८४ रुपियाँ ६६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपियाँ ७८ पैसा र बिक्रीदर ९८ रुपियाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ०९ पैसा र बिक्रीदर १०५ रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपियाँ २७ पैसा र बिक्रीदर ११३ रुपियाँ ७३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ८७ पैसा र बिक्रीदर २० रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७४ पैसा र बिक्रीदर ३८ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८६ पैसा र बिक्रीदर ४० रुपियाँ ०२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ८३ पैसा र बिक्रीदर ३५ रुपियाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८४ पैसा र बिक्रीदर ९ रुपियाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९१ पैसा र बिक्रीदर १५ रुपियाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८० पैसा र बिक्रीदर २२ रुपियाँ ९० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ६३ पैसा र बिक्रीदर १८ रुपियाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ २० पैसा र बिक्रीदर ४७७ रुपियाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपियाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७८ रुपियाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस