• ६ माघ २०८२, मङ्गलबार

राष्ट्रिय सभा निर्वाचन : पहिचानका लागि मतदाताको परिचयपत्र अनिवार्य

blog

फाइल तस्बिर

काठमाडौँ, माघ ६ गते। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई मतदान गर्न जाँदा परिचय पत्र बोक्न अनुरोध गरेको छ। माघ ११ गते हुने निर्वाचनका मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्नु पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतबाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराएको प्रमाणपत्र, निर्वाचन अधिकृतबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, प्रदेश सभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचयपत्र, नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र बोक्नु पर्ने छ ।