शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, माघ ६ गते । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ। दाङ क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनु भएको हो ।
पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि पूर्व माओवादी पक्ष असन्तुष्ट छन् । उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रूपमा आफूले योगदान गर्न चाहेको बताउनु भयो।