• ६ माघ २०८२, मङ्गलबार

रौतहट क्षेत्र नम्बर १ बाट पूर्व प्रधानमन्त्री नेपालको उम्मेदवारी

blog

रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा   

रौतहट, माघ ०६ गते। नेपाली कम्युनिस्ट पार्टी  सह संयोजक एवम् पूर्व प्रधानमन्त्री  माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट  निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनु भएको छ । 

फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा पूर्व प्रधानमन्त्री नेपालले रौतहट १ बाट उम्मेदवारी दिनु भएको नेपाली कम्युनिस्ट पार्टीका नेता रेवन्त झाले जानकारी दिनु भयो ।

नेपालको संविधानको रक्षा गर्न, सङ्घीयताको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न, समाजमा भएका अन्याय अत्याचार अन्त्य गर्न, राजनीतिमा देखिएका विकृति अन्त्य गर्न र नेपालीको हकहितका लागि निरन्तर क्रियाशील रहन आफूले उम्मेदवारी दिएको पुर्व  प्रधानमन्त्री नेपालले बताउनु भएको छ ।