शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शालिग्राम नेपाल
चितवन, माघ ६ गते । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट दाबा लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
बागमती प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री हुनु भएका लामाले निर्वाचन क्षेत्र नंं १ को खैरहनीमा आफ्नो उम्मेदवारीको नाम दर्ता गराउनु भएको हो ।
यस अगाडि यही क्षेत्रबाट एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे दुई पटक निर्वाचित हुनु भएको थियो । गत निर्वाचनमा पाण्डे पराजित हुनु भएको थियो ।
यस पटक पाण्डेलाई पार्टीले टिकट नदिएपछि लामा उम्मेदवार बन्नु भएको हो ।