शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
छविलाल पाण्डे
बुटवल, माघ ६ गते। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ।
निर्वाचन अधिकृतको कार्यालय बुटवल देवीनगर पुगेर पौडेलले उमेदवार दर्ता गराउनु भएको हो।
पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ रहनु भएको छ।
यसैगरी रूपन्देही २ बाटै नेपाली कांग्रेसका तर्फबाट चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ।
रूपन्देही २ बाटै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायण नागिलाले उमेदवारी दर्ता गराउनु भएको छ।
त्यसैगरी नेकपाको तर्फबाट विश्वदीप पाण्डेले समेत रूपन्देही २ बाटै उमेदवारी दिनु भएको छ।