विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ ६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर २९६ मतदान स्थल कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चारवटै निर्वाचन क्षेत्रमा गरी २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र तोकिएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ मा ८० मतदान स्थल र १५२ मतदान केन्द्र कायम गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ६८ मतदान स्थल र १३० मतदान केन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ मतदान स्थल र १४४ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि ७४ मतदान स्थल र १३६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।
आउँदो निर्वाचनमा जिल्लामा कुल चाचर लाख ४६ हजार ४०२ मतदाता रहेको कार्यालयले जनाएको छ । तीमध्ये पुरुष मतदाता दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार दुई सय ८३ तथा अन्य २३ जना रहेका छन् ।
मतदाताको सहज सहभागिता सुनिश्चित गर्न मतदान स्थल तथा केन्द्रको व्यवस्थापन प्रभावकारी बनाइएको जोशीले बताउनुभयो ।