शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ५ गते । न्युरोड टिम (एनआरटी) र लालिगुँरास एसोसिएसन क्लबले राष्ट्रिय लिग फुटबलमा जित जित निकालेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ गोलले हरायो ।
एनआरटीको जितमा विज्ञान खड्काले दुई तथा टिमोथे एकिरिकेले गोल गर्नुभयो । सातदोबाटोका लागि फोडे फोफानाले सान्त्वना गोल फर्काउनुभयो ।
यस्तै सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको अर्को खेलमा लालिगुँरासले नव जनजागृति क्लबलाई ४–१ गोलले हरायो ।
लालिगुँरासको जितमा आशिष गुरुङले दुई तथा अब्दुल युसुफ र अकोएटे जुनियरले एक एक गोल गर्नुभयो । नव जनजागृतिका उमेश सञ्जेलले सान्त्वना गोल फर्काउनुभयो ।