• ५ माघ २०८२, सोमबार

साफ महिला फुटसल : नेपाल बङ्गलादेशसँग पराजित

blog

काठमाडौँ, माघ ५ गते । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

बैंककस्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले हरायो । हारसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ । 

बङ्गलादेशको जितमा सविना खातुन, कृष्ण रानी सरकार र लिपी अख्तरले गोल गर्नुभयो । नेपाल यसअघि भारतसँग ८–१ गोलले पराजित भएको थियो ।