• ५ माघ २०८२, सोमबार

नेकपाबाट हुम्लामा डा. रोकाया उम्मेदवार

blog

प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा हुम्लाका उम्मेदवार डा. दिपेन्द्र रोकाया । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, माघ ५ गते ।
नेपाली कम्युनिस्ट पार्टीद्वारा हुम्ला जिल्लाका लागि डा. दिपेन्द्र रोकायालाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा हुम्लाले रोकायालाई केन्द्रले उम्मेदवार छनोट गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनका लागि उम्मेदवारका रूपमा डा. रोकाया छनोट गरेसँगै पार्टी चुनावी अभियानको तयारीमा लागेको छ । हाल डा. रोकाया नेकपाको केन्द्रीय सदस्य हुनु हुन्छ । रोकाया यसअघि नेकपा माओवादी हुम्लाका जिल्ला संयोजक हुनु हुन्थ्यो भने कर्णाली प्रदेश योजना आयाोगको पूर्व सदस्य समेत रहिसक्नु भएको छ ।

उहाँ प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नयाँ अनुहार हुनु हुन्छ । नेकपाले जिल्लाबाट छ जनाको नाम सिफारिस गरेको थियो । जसमा संविधान सभा सदस्य छिमी दोर्जे लामा, कर्णजित बुढाथोकी, डा. दिपेन्द्र रोकाया, निवर्तमान प्रतिनिधि सभा सदस्य छिरिङडम्डुल लामा र प्रेमबहादुर शाही तथा ध्रुव शाहीको नाम सिफारिस गरेको थियो ।