• ५ माघ २०८२, सोमबार

यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नु पर्छ : उपाध्यक्ष घिमिरे

blog

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे

काठमाडौँ, माघ  ५ गते ।  राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

उहाँले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा देशविदेशमा रहनुभएका नेपाली आमाबुवा, दिदिबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको शुभकामना व्यक्त गर्दै भन्नु भएको छ, “विविधताले युक्त भएर विभिन्न समुदायहरू बिचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको छ ।” रासस