नवलपरासी समाचारदाता
भारतीपुुर, माघ ५ गते । पूूर्वी नवलपरासी र तनहुँको सिमानामा अवस्थित बुलिङटार गाउँपालिका अन्तर्गत रहेको घुमारीघाट धार्मिक महìवको स्थान मानिन्छ । कृष्णागण्डकी नदी बगेर देवघाटमा अन्य गण्डकीसँग मिल्न जाने व्रmममा उक्त स्थानमा आइपुग्दा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकाले सो गाईलाई दाहिने परिव्रmमा गर्दा घुमाउरो आकार लिएर बनेको हुँदा सो घाटलाई घुमारीघाट भन्न थालिएको हो । स्थानीय नारायण लामिछानेका अनुसार सो स्थान तनहुँको घिरिङ गाउँपालिका–४ को उम्सेडाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडा आकारको देखिने गरेको छ । घुमारीघाटमा कालीगण्डकीले करिब पाँच सय रोपनी क्षेत्रफलको जमिनलाई शङ्ख आकारमा घेरा दिएको लामिछानेले बताउनुुभयो ।
यो शङ्ख अर्थात् कुम्भ आकारको घुमारीघाटमा बुलिङटारबाट प्रवेश गर्ने मार्गमा करिब पाँच मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्तिरहित कामधेनु मन्दिर पनि छ ।