• ५ माघ २०८२, सोमबार

अध्यक्ष ओली आज झापाको दमक आउनुहुँदै

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

दमक, माघ ५ गते । उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै हुनुहुन्छ । झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उहाँले जानकारी लिने कार्यक्रम रहेको छ । झापा ५ बाट उम्मेद्वारी मनोनयन गर्न उहाँ आज झापा आउन लाग्नुभएको एमाले झापाले जनाएको छ ।  

झापा क्षेत्र ५ बाट उम्मेद्वारी दर्ताका लागि सोमबार विहान १०ः२५ को जहाजबाट उहाँ भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाबारेमा जानकारी लिनुहुनेछ । यसैगरी क्षेत्र नं. ३ को बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिने कार्कीले बताउनुभयो। 

क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा  सुरुङ्गामा जानकारी लिनुहुनेछ । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयो । अध्यक्ष ओलीले जेनजी आन्दोलनका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ ।