मधेश प्रदेश ब्युरो
जनकपुरधाम, माघ ५ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार धनुषाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ बारे जानकारी दिँदै सर्वपक्षीय छलफल गरेको छ ।
छलफलमा धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचनको समयमा उम्मेदवार, राजनीतिक दल, सुरक्षाकर्मी र सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो । उहाँले प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका गाडी प्रयोगमा निर्वाचन आचारसंहिताले रोक लगाएकोबारे सबैमा जानकारी गराउनुभएको थियो ।
छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले धनुषामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालन हुने भन्दै निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने बताउनुभयो ।
उहाँले धनुषामा निर्वाचन सञ्चालन व्यवस्थापनका लागि चाहिने सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन कमान्ड पोस्ट खडा गरिएको जानकारी दिँदै निर्वाचनका लागि चार हजार ५२७ जना निर्वाचन प्रहरी चयनका काम पनि सोमबारबाट सुरु हुने बताउनुभयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाका कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले कहीँ कतै शान्ति भङ्ग हुने अवस्था आए १० मिनेटभित्र सुरक्षाकर्मीको टोली परिचालन भई नियन्त्रण गर्ने किसिमले व्यवस्था मिलाइएकोबारे जानकारी गराउनुभयो । छलफलमा सहभागी विभिन्न दलका प्रतिनिधिले निर्वाचनका सम्बन्धमा बुझ्न चाहेका विषयवस्तुबारे मुख्य निर्वाचन अधिकृत पुरीसँग जानकारी लिनुभएको थियो । सहभागीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसै गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले पनि प्रतिनिधि सभा निर्वाचनका सबै प्रव्रिmयालाई मर्यादित, व्यवस्थित र सहज बनाउन सर्वपक्षीय छलफल गरेको छ । सप्तरीको सरमुकाम राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा सर्वपक्षीय छलफल गरेको हो ।
मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेको अध्यक्षतामा आयोजित छलफलमा प्रतिनिधि सभा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा मनोनयन प्रव्रिmयादेखि मतगणना प्रव्रिmयासम्ममा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । मुख्य निर्वाचन अधिकृत घिमिरेले अत्यन्त सीमित स्रोतसाधनमा आपूmहरूले काम गरिरहेको भन्दै सबैको सहयोगले निर्वाचन मर्यादित ढङ्गले सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोगले जारी गरेको आचारसंहिता पालनालाई प्रभावकारी बनाउन सबैले आआफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो । छलफलमा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।
त्यस्तै सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वच्छ बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
आइतबार सदरमुकाम मलङ्गवामा निर्वाचन आचारसंहिताका सम्बन्धमा जिल्लाका सञ्चारकर्मीसँग अन्तर्वि्रmयामा मुख्य निर्वाचन अधिकृत थपलियाले निर्वाचनलाई निष्पक्ष बनाउन व्रिmयाशील रहेको बताउनुभएको हो । उहाँले निर्वाच निष्पक्ष बनाउन सबै पक्षबाट खबरदारी र चासो व्यक्त भइरहनुपर्ने बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतले सबै दल र उम्मेदवारलाई समान व्यवहार गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले जिल्लामा व्रिmयाशील राजनीतिक दलहरूसँग पनि छलफल गरी आचारसंहिता पूर्ण रूपमा पालना गरी निर्वाचनलाई स्वच्छ बनाउन सहयोग गरिदिन अपिल गर्नुभयो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै पक्षबाट साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचनलाई प्रभाव पार्ने कुनै गतिविधि भए तुरुन्त सुरक्षा निकाय र निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराइदिन सञ्चारकर्मीमार्फत स्थानीयसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचनका सम्बन्धमा फैलाइएका हल्ला र भ्रामक सूचनाको पछि नलागी निर्वाचनलाई मर्यादित ढङ्गले सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सर्लाहीका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले निर्वाचनका सम्बन्धमा सामाजिक सञ्जाल दुरुपयोग गरी मिथ्या र भ्रामक सूचना फैलाउनेलाई तत्कालै पहिचान गरी कानुनी कारबाही गर्न प्रहरीले बेग्लै शाखा खडा गरेको बताउनुभयो ।
अन्तव्र्रिmयामा जिल्लाका सञ्चारकर्मीले मतदान र मतगणनाको समयमा सहज ढङ्गले समाचार सङ्कलन गर्ने वातावरण मिलाइदिन निर्वाचन अधिकृत तथा सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । सञ्चारकर्मीले निर्वाचन आचारसंहिता पूर्ण पालना गरी समाचार प्रकाशन तथा प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरेको थिए ।