• ५ माघ २०८२, सोमबार

आमनिर्वाचनको तयारी

blog

प्रतिनिधि सभाको निर्वाचन आउन अब डेढ महिना अर्थात् ४५ दिन बाँकी छ । सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका छन् । आयोगले निर्वाचनको ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । निर्वाचन आचारसंहिता आजदेखि लागू भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार निर्वाचन 

सुरक्षाव्यवस्थामा सरकारका तर्फबाट पर्याप्त तयारी भएको छ । निर्वाचन तयारी, मतदान प्रव्रिmया र मतगणनासम्मको एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाको प्रत्याभूति सरकारले दिने जानकारी आयोगलाई गराएको छ । समानुपातिक निर्वाचनको काम तालिका अनुसार अगाडि बढिरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फको काम तीव्र गतिमा भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकेर सम्बन्धित कार्यालयमा पठाउने तयारी गरिएको छ । राष्ट्रिय सभामा १८ जना सदस्यका लागि हुने निर्वाचनमा एक जना निर्विरोध भइसकेकाले १७ जनाका लागि माघ ११ गते चुनाव हुँदै छ । समानुपातिकतर्फको मतपत्र छपाइ जारी छ । माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने र माघ ९ गते उम्मेदवारी टुङ्गो लागेसँगै मतपत्रको डिजाइन स्वीकृत र छपाइ कार्य सुरु गरिने भएको छ । 


निर्वाचन सामग्री खरिदको प्रव्रिmया जिल्ला कार्यालयलाई पनि हस्तान्तरण गरिएको र सोही अनुसार काम भइरहेको छ । यसमा सरकारमातहतका संस्थासँग खरिदलाई प्राथमिकता दिइएको छ । गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) आन्दोलनमा मुख्य निसानामा परेका सुरक्षा अङ्गको मनोबल उकास्न सरकारले गरेको प्रयास र आमनागरिकको सहयोगले सार्थकता पाउँदै सुरक्षा अवस्था सुदृढ बन्दै गएको छ । झन्डै शून्य अवस्थामा पुगेको सुरक्षा अवस्थालाई लयमा फर्काउन गृह मन्त्रालयले सुरु गरेका विभिन्न प्रयाससँगै मुलुकको सुरक्षा अवस्था सामान्य अवस्थामा मात्र फर्किएको छैन, फागुन २१ गतेको निर्वाचन पनि सुरक्षाका दृष्टिले सुुनिश्चित बनेको छ । जेनजी आन्दोलनपछि सुरक्षा अवस्था व्रmमिक रूपमा सुधार हुँदै गएको र सुरक्षा निकायको मनोबल उल्लेख्य रूपमा वृद्धि भएको छ । शान्तिसुरक्षाको अवस्थालाई व्रmमिक रूपमा सुधार गर्न गरिएका प्रयासका कारण अवस्था सामान्य बन्दै गएको हो । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न कुनै शङ्का गर्नुपर्ने स्थिति छैन । गृह मन्त्रालयले योजनाबद्ध रूपमा शान्तिसुरक्षा सुदृढ गर्न र सुरक्षा निकायको मनोबल उच्च बनाउन नीतिगत र संरचनागत सुधारसँगै निष्पक्षता र पारदर्शिता कायम गरिएका कारण छोटो अवधिमा नै शान्तिसुरक्षा बन्न सम्भव भएको हो । एकीकृत सुरक्षा योजना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त तथा छ्ुट्टाछुट्टै रूपमा परिचालन गरिएको छ । मन्त्रालयले चार वटै सुरक्षा निकायलाई राजनीतिक दल र सरोकारवाला निकायसँग निरन्तर सहकार्य र समन्वयमा रहने गरी परिचालन गरेका कारण आमरूपमा अपनत्व वृद्धि भएको छ । 


सुदृढ सुरक्षा अवस्थाका कारण राजनीतिक दलहरूका आन्तरिक तयारी र प्रतिस्पर्धा पनि एकाएक वृद्धि भएका छन् । मुलुकको समग्र शान्तिसुरक्षाको मूल्याङ्कन गरी सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले सुरु गरिएका सातै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार गरी केन्द्र, प्रदेश र जिल्लासम्म सुरक्षा संयन्त्र तयार गरी परिचालन गरिसकेको छ । निर्वाचन सुरक्षार्थ आवश्यक सवारीसाधन, बन्दोबस्ती र सुरक्षा सामग्री खरिदका लागि साढे १० अर्ब निकासा भई खरिद प्रव्रिmया अगाडि बढिसकेको छ । जेनजी आन्दोलनमा प्रहरी भवन र सवारीसाधनमा ठुलो क्षति पु¥याइएकामा अधिकांश कार्यालय पुनर्निर्माण भइसकेका छन् । आवश्यक ३७७ वटा सवारीसाधन खरिदका लागि प्रव्रिmया अघि बढाइएको छ । भारत सरकारले पहिलो चरणमा १०८ वटा सवारीसाधन उपलब्ध गराउने भएसँगै सवारीसाधनको अभाव नहुने निश्चित भइसकेको छ । निर्वाचन सुरक्षार्थ अपुग जनशक्ति परिपूर्तिका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरीको भर्ना प्रव्रिmया अघि बढाएका छन् । निर्वाचनमा खटिने प्रहरीका लागि विशेष तालिम दिने प्रव्रिmया पनि अघि बढेको छ । चुनावमा भाग लिने राजनीतिक दल उम्मेदवार टुङ्गो लगाउन सघन संवादमा जुटेका छन् । यस व्रmममा नेपाली कांग्रेसले उम्मेदवार टुङ्गो लगाउन संसदीय बोर्ड गठन गरेर काम गरिरहेको छ भने नेकपा (एमाले)ले उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा, रास्वपा, राप्रपा, जसपालगायतका दल उम्मेदवारको टुङ्गो लगाउँदै छन् ।