• ५ माघ २०८२, सोमबार

गोरखामा नेकपाको उम्मेदवार टुङ्गियो

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ ५ गते । आसन्न प्रतिनिधी सभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखाको दुबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा हरिराज अधिकारी र क्षेत्र नम्बर–२ मा लेखनाथ न्यौपानेलाई उम्मेदारको टुङ्गो लगाएको हो । 

दुबै उम्मेदवारलाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा टिकट हस्तान्तरण गरेको नेकपा गोरखा जिल्ला पार्टी संयोजक अकुर तिमिल्सेनाले जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरिराज अधिकारी यसअघि २०७४ सालको प्रतिनिधीसभा सदस्य निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनमा उहाँले नेपाली काङग्रेसका उम्मेदवार चिनकाजी श्रेष्ठलाई ३ हजार २१७ मतले पराजित गर्दै सांसद प्रवेश गर्नुभएको थियो । 

यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका लेखनाथ न्यौपानेलाई यस पटक कम्युनिष्ट पार्टीले अवसर दिएको छ । २०७९ सालको प्रतिनिधीसभा निर्वाचनमा यसै क्षेत्रबाट पार्टी संयोजक प्रचण्ड बिजयी हुनु भएको थियो । २०७४ सालको निर्बाचनमा भने नारायणकाजी श्रेष्ठलाई डा बाबुराम भट्टराईले पराजित गर्नुभएको थियो । 

आसन्न निर्वाचनमा प्रचण्ड रुकुमपूर्वबाट र नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदार बन्नेभएपछि गोरखा–२ मा न्यौपानेलाई उम्मेदवारीको अवसर प्राप्त भएको हो । पार्टीले गोरखामा अनुभवी र सङ्गठनसँग नजिक रहेका उम्मेदवार अघि सारेको जनाएको छ भने नेकपाले आगमी निर्वाचनमा गोरखाका दुबै क्षेत्रमा बिजय हासिल गर्ने दाबी गरेको छ ।