इमान सिं राना
रामपुर (पाल्पा), माघ ४ गते । पाल्पाको निस्दी गाउँपालिका –४, मित्यालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । निस्दी गाउँपालिकाको कार्यालयमा कार्यरत निस्दी –४ खोप्लाक बस्ने ३५ वर्षीय लालबहादुर खन्गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो गाउँपालिका कार्यालयनजिकै रहेको वायु उर्जाको विद्युत लाईन मर्मतका लागि पोलमा चढ्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका खन्गाहालाई उद्धार गरी उपचारको लागि मध्यविन्दु अस्पताल पठाइएको थियो । उहाँको उपचारको क्रममा अपरान्ह ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
करेन्ट लागेर उहाँ पोल बाट १० मिटर तल खस्नु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको टछ । खन्गाहा गाउँपालिकाको कार्यालय सहयोगीमा कार्यरत हुनुहुन्थ्यो ।