• १ माघ २०८२, बिहिबार

माघे सङ्क्रान्तिको अवसरमा खाना महोत्सव (फोटो फिचर)

blog

इमान सिं राना

पाल्पा, माघ १ गते। मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा मगर समुदायले माघेसङ्क्रान्ति पर्व विभिन्न कार्यक्रम सहित मनाइएको छ। बिहीबार रामपुर नगरपालिका–२, बादरकुनामा मगर खाना महोत्सव सहित माघेसङ्क्रान्ति पर्व मनाइएको छ।

भलायटार मगर समाजको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको कार्यक्रम सहभागी  मगर समुदायको मौलिक खानाको स्वाद संगै संस्कृतिमा रमाएका थिए। 

मगर समुदायमा  रहेको मौलिक खानाको पहिचान संगै संस्कार र संस्कृतिको प्रवर्द्धनका लागि माघे सङ्क्रान्तिको अवसरमा कार्यक्रम गरिएको पहल सिं रानाले जानकारी दिनुभयो।