शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
(सप्तरी), माघ १ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा मेसिन सफा गर्ने क्रममा लडेर एक मजदुरको मृत्यु भएको छ । नगरपालिकाको वडा ६ कठौनास्थित मनोज कुमार काबराको प्रमोद राइस सेलर मिलमा काम गर्ने मजदुरको दुर्घटनामा परी मृत्यु भएको हो ।
जिल्लाको खडक नगरपालिका बडा नम्बर ४ पनसेरा घर भएका ३५ वर्षीय अर्जुन विक को मेसिन सफा गर्ने क्रममा करिब २० फिट उचाइबाट खसेर बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनु भयो ।
मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।