• २५ माघ २०८२, आइतबार

राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड

blog

काठमाडौँ, माघ १ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनु भएको छ ।

मकर सङ्क्रान्तिका  अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने बताउनु भएको छ । पर्वहरूले अझ बढी मिहिनेत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक बहन गर्न प्रेरित गर्ने बताउँदै सन्देशमा संयोजक दाहालले  बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजलाई चाडपर्वले जीवन्त बनाएका उल्लेख गर्नु भएको छ । रासस