• २८ पुस २०८२, सोमबार

हक्की सङ्घको वार्षिक साधारणसभा सम्पन्न

blog

काठमाडौँ, पुस २७ गते । नेपाल हक्की सङ्घको चौथो वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ । 

साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले प्रस्तुत गरेको वार्षिक कार्ययोजना र प्रगति विवरण पारित गरेको छ । 

यस्तै सङ्घका कोषाध्यक्ष रामेश्वर घिमिरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । साधारणसभामा केन्द्र, प्रदेश, जिल्ला, पालिका र क्लबका गरी ७५ जनाको उपस्थिति रहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि साधारणसभाको राखेपका उपाध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्य जगतसिंह धामी, प्रशासन विभागका प्रमुख भोजानन्द राई, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतको उपस्थिति रहेको थियो ।