• २८ पुस २०८२, सोमबार

कांग्रेसलाई एकताबद्ध बनाउन विशेष महाधिवेशन : नेता पौडेल

blog

नेपाली कांग्रेसका नेता प्रदीप पौडेल।

काठमाडौँ, पुस २७ गते । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताउनुभएको छ । 

उहाँले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गर्नुभएको हो । 

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागिपरेको बताउनुभयो । 

उहाँले कांग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताउनुभयो । 

नेता पौडेलले भन्नुभयो, “नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको  निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ ।”

उहाँले  कांग्रेसलाई फुटाउन नभइ एकताबद्ध गर्न विशेष महाधिवेशनको माग गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले कांग्रेसका निम्ति जीवन  समर्पित गर्नुभयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नुभएको छ । उहाँहरुलाई काँग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन ।”

नेता पौडेलले विशेष महाधिवेशन पक्षधरले पार्टीको विभाजन नचाहेको पनि बताउनुभयो ।