• २८ पुस २०८२, सोमबार

वीरेन्द्रको सालिक हस्तान्तरण

blog

नेपालगन्जका मेयर प्रशान्त विष्टलाई हस्तान्तरण गरिएको सालिक । तस्बिर: सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २७ गते । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ऐतिहासिक पुरातात्विक धरोहर संरक्षण एवं शालिक पुनस्र्थापना समितिले स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनःस्थापना गर्न माग गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई नयाँ सालिक हस्तान्तरण गरेको छ । 

समितिले नेपालगन्जको मुटु मानिने धम्बोजी चोक (तत्कालीन वीरेन्द्र चोक) मा सालिक पुनस्र्थापना गर्नुपर्ने माग गर्दै सालिक हस्तान्तरण गरेको हो। यसअघि सालिक राख्न पटकपटक गरिएका प्रयास सफल भएका थिएनन् । 

शान्तिपूर्ण तरिकाले सालिक पुनस्र्थापनाका लागि नगरपालिकालाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

सालिक हस्तान्तरण कार्यक्रममा बाँके क्षेत्र नम्बर २ का निवर्तमान संघीय सांसद धवलशमशेर राणाले उपमहानगरपालिकाले नेपालगन्जका विभिन्न चोकका सालिक पुनःस्थापनाको पहल गरिरहेकाले स्व. राजा वीरेन्द्रको सालिक पनि सोही प्रक्रिया अनुसार राख्न नेपालगन्जका मेयर प्रशान्त विष्टलाई आग्रह गर्नुभयो । 

उहाँले वीरेन्द्र चोक पहिलेदेखि नै नामाकरण भइसकेको र सो चोकमा यसअघि पनि पूर्व राजा वीरेन्द्रको सालिक रहेको हुँदा सोही चोकमा नयाँ सालिक स्थापना गर्नुपर्ने बताउनुभयो ।