काठमाडौँ, पुस २२ गते । ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म गरेको कला प्रदर्शनी सयौँले अवलोकन गरेका छन् । ‘सिन्थेसिस’ शीर्षक दिएर क्याम्पसका ब्याचलर अफ फाइन आट्र्स (बिएफए) का विद्यार्थीले गरेको प्रदर्शनीमा अवलोकनकर्ताको उपस्थितिले विद्यार्थीको हौसला बढाएको प्रदर्शनीमा सहभागी सागर चाम्लिङ राईले बताउनुभयो ।
गत बिहीबारदेखि सोमबारसम्म भएको प्रदर्शनीमा ३२ जना विद्यार्थीका करिब दुई सय वटा चित्रकला, मूर्तिकला तथा ग्राफिक्स प्रदर्शनीमा राखिएको थियो । ‘सिन्थेसिस’ ले स्नातक हुँदै गरेका विद्यार्थीले चार वर्षसम्म निरन्तर गरेका कलात्मक अभ्यासको सार प्रस्तुत गरेका थियो । यसले उनीहरूको व्यक्तिगत खोजका साथै साझा शैक्षिक र सिर्जनात्मक अनुभवलाई प्रतिविम्बित गरेको ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति नारदमणि हार्तम्छालीले प्रतिक्रिया दिनुभयो ।
सहकार्यात्मक अवधारणामा तयार पारिएको यस प्रदर्शनीले विविध अभ्यास, सामग्री र दृष्टिकोणलाई एउटै क्युरेटोरियल ढाँचाभित्र एकत्रित गरिएको थियो । प्रत्येक कृतिले अलग अलग व्यक्तिगत अन्वेषण प्रस्तुत गरे पनि समष्टिगत प्रस्तुतीकरणले व्यक्तिगत अन्वेषण प्रस्तुत गरे पनि समष्टिगत प्रस्तुतीकरणले कृतिहरूबिच संवाद र अन्तरक्रिया जोड दिँदै एकीकृत दृश्यात्मक तथा वैचारिक कथानक निर्माण गरेको सहभागी राईले बताउनुभयो ।
बिएफए प्रदर्शनी २०२६ उदीयमान कलाकारका लागि एक महìवपूर्ण उपलब्धि मात्र नभई नयाँ सिर्जनात्मक आवाजसँग सार्वजनिक संलग्नताको प्लेटफर्मका रूपमा पनि उभिएको छ ।