• २१ पुस २०८२, सोमबार

राजविराजमा आगलागी गोठघर र कन्यु जलेर नष्ट

blog

नेपाली सेनाका टोलीले आगो नियन्त्रण गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, पुस २० गते ।
 राजविराज नगरपालिका–६ खर्साल टोलमा शनिबार राति आगलागी भएको छ । स्थानीय जगदेव यादवको गोठघरमा अचानक आगलागी हुँदा गोठघर तथा परालको कुन्यु जलेर आगलागी हुँदा करिब एक लाख रुपियाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी, सोही स्थानका किसनदेव यादवको परालको कुन्यु दुई वटा जलेर अनुमानित ४० हजार रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी पाउनासाथ नेपाली सेना श्री बरख गणबाट सेनानी रिचर्ड प्रजापतीको कमाण्डमा १७ जनाको टोली घटनास्थलमा खटिएको थियो । नेपाली सेनाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो एक घण्टापछि राति १२ बजेर १५ मिनेटमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।