वासुदेव शर्मा
जाजरकोट, पुस २० गते । जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो ।
भूकम्पले घर भत्किएपछि अस्थायी आवासम बसेका वृद्धवृद्धा, अशक्त, एकल महिलालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको छ । न्यानो आवास नहुँदा चिसोमा कष्ठकर जीवन विताएका वृद्धवृद्धा, अशक्त व्यक्तिलाई चिसोबाट जोगाउन सहयोग गरिएको हो ।
भेरी नगरपालिका–३ स्थित वृद्धाश्रम केन्द्रका अध्यक्ष मधुसुदन शर्माले मानविय परोपकारी संस्था काठमाडौँले सहाराविहीन ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार वृद्धाश्रम केन्द्रमा आउने सत्सङ्ग गर्ने ज्येष्ठ नागरिकलाई दिएको छ । घरपरिवारका सदस्य काममा जाने बेवास्था गर्ने सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाट जिविकोपार्जन गरेका व्यक्तिले चिसो समयमा न्यानो सिरक पाएपछि खुसी भएका छन् । डाँडामाथीको घाम जस्तै ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन अध्यक्ष शर्माको पहलमा सिरक वितरण गरिएको उहाँको भनाइ छ ।
भेरी नगरपालिका–२ का रामजङ्ग शाहले भूकम्पले घर भत्किएर अस्थायी आवासको बसाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।
कामकाज गर्न नसक्ने घरपरिवारले बेवास्था गर्न थालेपछि सोहि वृद्धाश्रममा आउने भजनकृतन गर्ने सुखदुःख साट्दै दिन बिताउने गरेका छन् ।