• १९ पुस २०८२, शनिबार

शिभालीले एसिया–प्यासिफिक एलिट खेल्ने

blog

शिभाली गुरुङ ।

काठमाडौँ, पुस १९ गते । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङले एसियाप्यासिफिक एलिट यु–१४ ट्रफी खेल्नु हुने भएको छ । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुने छ ।

एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस सङ्घका सचिव अजय विष्टले जानकारी दिनु भयो । मलेसियाबाटै शिभाली अस्ट्रेलिया जाने कार्यक्रम रहेको छ ।

शिभालीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले शुक्रबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबिच बिदाइ गर्नु भयो ।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामी, टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो ।