कबिराज घिमिरे
हिले, पुस १९ गते । धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ । धनकुटा नगरपालिकाले नगरका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीका अनुसार पर्यटन नीतिका लागि विभिन्न ६ वटा शीर्षकमा छलफल गरिएको छ । अन्तरक्रिया कार्यक्रममा होमस्टे तथा सामूदायिक पर्यटन, होटल रेष्टुरेन्ट तथा आतिथ्य सत्कार, पदमार्ग गाइड तथा साहसिक पर्यटन, पर्यटन पूर्वाधार र पहुँच, पर्यटन प्रवर्धन र ब्रान्डिङ तथा क्रस कटिङ इस्यु लगायतका विषयमा सम्बन्धित पक्षको समूह बनाएर सुझाव मागिएको जनाइएको छ ।
कार्यक्रममा सहभागिले धनकुटा नगरको पहिचान बनेको एभोकार्डो र आठपहरिया जातिको संस्कृतिलाई ब्रान्डिङ गर्नुपर्ने त्यस्तै पर्यटन नीति तथा निर्देशिका निर्माण गर्दा धनकुटामा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक ठाउँहरु भूल्न नहुने सुझाव दिएका थिए ।
सहभागिले पर्यटन नीति नबनाउदा पर्यटन प्रवर्धनमा समस्या भएकाले चाडो पर्यटन नीति निर्माण गर्न सुझाव दिएका थिए । राणाकालमा गौँडाको रुपमा रहेको धनकुटाको विभिन्न विषय समेटर ब्राण्डिङ गर्दै पर्यटन नीति बनाउनुपर्ने सहभागिको सुझाव रहेको थियो ।