शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिपी शीर्ष नीति उच्च विचार छ शक्ति
मेलमिलाप मुलुकमा सदा हुन्छ शान्ति ।
विविधको एकतामा देश भरि उठौँ
नेपालको उन्नतिमा नर–नारी जुटौँ ।
वीरताको पाइला चाल्ने गोर्खाली हौँ नामी
तराई, पहाड, हिमाल बस्ने नेपाली हौँ हामी ।
ह्युचुली झैँ उच्चशिर मुस्काउँदै बाँचौँ
गुराँस मैँ ढपक्क भै डाँफेले मैँ नाँचौँ ।
प्रकृति र संस्कृतिले चिनाउँ देशलाई
मेची–काली नेपालीले मिलाउँ दिललाई ।
सबै मिले सिर्जनाले फुलीदिन्छ बेस
काम गरे विकासले भरिदिन्छ देश ।
थरी–थरी फूल थुङ्गा यौटै माला उनौँ ।
चन्द्र, सूर्य, ध्वजा बोकी शिखरमा चुमौँ ।
छिमेकी र विश्वभर मित्र, भाव, गरौँ
मुलुकमा हराभरा, झलमल्ल पारौँ ।
यै माटोमा हीरा मोती अन्न उब्जा गरौँ
हृदयमा सारा जन, उच्चभाव, भरौँ ।
जनता र राष्ट्र हित सुशासन विधि
ऐतिहासिक मेलमिलाप बिपी उच्च नीति ।