शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार भूकम्प शनिबार बिहान ६ः१३ बजे गएको हो ।
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको स्थानीयवासीले बताएका छन् । हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।