हिमाल सधैँ मौन देखिन्छ । सेतो, स्थिर र अडिग तर यही मौनताभित्र आज एक चिच्याहट लुकेको छ, जुन जलवायु परिवर्तनले जन्माएको पारिस्थितिक असन्तुलनको परिणाम हो । विश्व तापमान वृद्धि, अनियमित वर्षा, हिमनदीको तीव्र पग्लन र हिमरेखाको सर्दै गएको सीमाले हिमाली पारिस्थितिकीयलाई गम्भीर सङ्कटतर्फ धकेलिरहेको छ । हिमाल नदीहरूको उद्गम, जैविक विविधताको आश्रय र लाखौँ मानिसको जीवन आधार हो ।
जलवायु परिवर्तनका असर हिमाली क्षेत्रमा झन् तीव्र रूपमा देखा परेका छन् । हिमनदी ताल विस्फोट, पानीको मौसमी असन्तुलन, चराचर र वनस्पतिको लोपोन्मुख अवस्था तथा परम्परागत हिमाली जीवनशैलीमा आएको परिवर्तन यसका प्रत्यक्ष सङ्केत हुन् । विडम्बना के छ भने कार्बन उत्सर्जनमा न्यून योगदान हुँदाहुँदै पनि हिमाली समुदाय यसको सबैभन्दा ठुलो मारमा परिरहेका छन् । यस सन्दर्भमा ‘हिमाली मौनताको चिच्याहट’ शीर्षकले प्रकृतिको त्यो नबोलेको चेतावनीलाई उजागर गर्छ, जसलाई समयमै नसुने भविष्यमा मानवीय र पर्यावरणीय सङ्कट अवश्यम्भावी छ । यो विषय वातावरणीय मात्रै होइन, सामाजिक, आर्थिक र नैतिक प्रश्नसमेत हो, जसले दिगो विकास र वैश्विक उत्तरदायित्वको गम्भीर पुनर्विचार माग गर्छ ।
वर्तमान विश्व गम्भीर वातावरणीय सङ्कट–जलवायु परिवर्तनको सामना गरिरहेको छ । विकासका नाममा गरिएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन विनाश र वातावरणविरोधी गतिविधिले पृथ्वीको जलवायु प्रणाली असन्तुलित बनाएका छन् । यसको प्रत्यक्ष परिणाम स्वरूप तापक्रम वृद्धि, चरम मौसमी घटना, समुद्री सतहको वृद्धि, बाढी, खडेरी, हिमताल फुट र वर्षाको अनियमितता बढेका छन् ।
नेपाल जस्ता हिमाली मुलुकमा यसको असर बढी देखिन्छ । पृथ्वीका ‘तेस्रो धु्रव’ भनिएका हिमाल तीव्र गतिमा पग्लिँदै छन् । हिमनदी सुक्दै गएपछि ग्लेसियर तालहरूको विस्फोटको सम्भावना बढ्छ, जसले तल्लो भेगका गाउँ, सहर र खेतीपातीमा विनाश निम्त्याउन सक्छ । जलवायु परिवर्तनले वर्षा प्रणालीमा गडबडी ल्याउँदा अत्यधिक वर्षा र खडेरी दुवै समस्या देखा परेको छ, जसले नेपाल जस्तो कृषिप्रधान मुलुकमा खाद्यान्न उत्पादन र आर्थिक स्थायित्वमा ठुलो चुनौती सिर्जना गरेको छ ।
विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको वातावरणीय सन्तुलनमा असर पु¥याएको छ, जसमा हिमाली क्षेत्र सबैभन्दा संवेदनशील मानिन्छ । विशेष गरी नेपालको जस्तो हिमालयीय मुलुकमा जलवायु परिवर्तनले पारिस्थितिकी, सामाजिक जीवन, कृषि, जलस्रोत र मानव जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पु¥याइरहेको छ । हिमालमा पिग्लने हिमनदी, ग्लेसियर र हिउँको आकारमा कमी आउँदा नदी प्रणाली, तटीय क्षेत्र र कृषि क्षेत्रमा जोखिम बढिरहेको छ ।
जलवायु परिवर्तनले पहिलो रूपमा तापक्रम वृद्धिको असर देखाएको छ । हिमनदी र हिमपहिरो पग्लन थालेका छन्, जसले ताल र बाढीको जोखिम बढाउँछ । यसले पहिरो, बाढी र भूक्षय जस्ता प्रकोपजन्य घटनाको सम्भावना बढाउँछ । उदाहरणका लागि नेपालको कालीगण्डकी, कर्णाली र गण्डकी नदी क्षेत्रमा बाढी र पहिरोको घटना लगातार बढेको देखिएको छ । हिमाली क्षेत्रको तापक्रम बढ्दै गएमा केही दशकभित्र उच्च हिमाली भूभागमा मरुभूमिको स्वरूप विकसित हुने सम्भावना पनि रहेको छ ।
हिमाली पारिस्थितिकीमा जैविक विविधता सङ्कटमा परेको छ । तापक्रम वृद्धिका कारण उच्च पहाडी क्षेत्रमा नयाँ जीवजन्तु र चराचुरुङ्गीको आवतजावत बढेको छ । यसले मौसमी वातावरणसँग अनुकूल भएका स्थानीय प्रजातिको जीवन चक्रमा बाधा पु¥याउँछ । उदाहरणका लागि बाघ, चितुवा, सर्प, बिच्छी र अन्य वन्यजन्तु उच्च क्षेत्रमा बसोबास गर्न थालेका छन् । यसै गरी कृषिजन्य क्षेत्रमा तापक्रम वृद्धि र वर्षा प्रणालीमा अस्थिरता आउँदा मलेरिया, डेङ्गु र जापानिज इन्सेफलाइटिस जस्ता रोग उच्च पहाडी क्षेत्रहरूमा फैलिन थालेका छन् ।
हिमाली क्षेत्र पृथ्वीको संवेदनशील पारिस्थितिकी तन्त्रमा पर्छन् । यी क्षेत्र प्राकृतिक स्रोत, जैविक विविधता र विश्वव्यापी जलवायु सन्तुलनका लागि अत्यन्त महìवपूर्ण छन् तर पछिल्लो समय मानव गतिविधि र विश्वव्यापी तापमान वृद्धिले गर्दा हिमाली पारिस्थितिकीमा गम्भीर सङ्कट उत्पन्न भएको छ । ग्लेसियर पग्लनु, हिमनदीको बहाबमा अनियमितता र पानीको उपलब्धता अस्थिर हुनु जस्ता समस्या बढ्दै गएका छन् । हिमाली क्षेत्रका नदीहरूमा बाढी र भूस्खलनको जोखिम पनि तीव्र रूपमा बढेको छ । यसले तलतिरको कृषि, जलविद्युत् र स्थानीय बस्तीमा प्रत्यक्ष असर पु¥याउँछ ।
हिमाली क्षेत्रको जैविक विविधतामा पनि सङ्कट देखिएको छ । तापमान बढ्दा उच्च पहाडी वन र चराचर प्रजातिको बसोबास क्षेत्रमा परिवर्तन आउँछ । केही प्रजाति उच्च हिमाली क्षेत्रतिर सरेका छन् तर सीमित भूभाग र चरम मौसमका कारण धेरै प्रजातिको अस्तित्व सङ्कटमा परेको छ । यसले पारिस्थितिकी सन्तुलनमा अस्थिरता ल्याउँछ र खाद्य साङ्लो सञ्जालमा प्रभाव पार्छ । हिमाली क्षेत्रका स्थानीय समुदाय पनि प्रत्यक्ष प्रभावित छन । खेती, पशुपालन र जलस्रोतमा निर्भर जीवनशैली भएका मानिसहरूले अनिश्चित मौसम र प्रकोपजन्य घटनाका कारण जोखिम सामना गर्नु पर्छ । भूस्खलन, बाढी र सुक्खाले जीवन र आम्दानीमा ठुलो क्षति पु¥याउँछ ।
जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गरेको छ । हिमाल पग्लिएसँगै पानीको आपूर्ति अस्थिर हुँदै जान्छ, जसले कृषि उत्पादन, ऊर्जा सुरक्षा र वातावरणीय सन्तुलनमा प्रभाव पार्छ । यसले नेपालको जस्तो भूपरिवेष्टित देशको विकास र खाद्य सुरक्षामा जोखिम बढाउँछ । हिमाली पारिस्थितिकी जलवायु परिवर्तनको प्रत्यक्ष सिकार बनेको छ । ग्लेसियर पग्लनु, जैविक विविधताको सङ्कट र स्थानीय समुदायमा जीवनशैलीको अस्थिरता यस सङ्कटका मुख्य पक्ष हुन् । यसलाई कम गर्न संरक्षण, दिगो वन व्यवस्थापन, जलस्रोत योजना र स्थानीय समुदायको सहभागितामा आधारित रणनीति आवश्यक छ । यदि समयमै प्रभावकारी कदम चालिएन भने हिमाली पारिस्थितिकीमा आएको यो सङ्कट दीर्घकालीन र अकल्पनीय परिणाम ल्याउन सक्छ । वर्षा र पानीको असमान वितरणले कृषि र पशुपालनमा असर पार्दै छ, जसले ग्रामीण जनसङ्ख्या र स्थानीय अर्थतन्त्रमा प्रतिकूल असर पु¥याउँछ ।
जलस्रोतमा पनि सङ्कट आएको छ । हिमाली क्षेत्रका पानीको स्रोतहरू सुक्दै गएका छन् । भूमिगत जल भण्डार घट्दै गएपछि पानीको अभाव पैदा भएको छ । जलविद्युत् उत्पादन क्षमता घटेको छ भने केही निर्माणाधीन केन्द्र र प्रसारण लाइन बाढी तथा पहिरोले क्षतिग्रस्त भएका छन् । यसले दिगो ऊर्जा उत्पादनमा चुनौती सिर्जना गरेको छ ।
हिमाली पारिस्थितिकी सङ्कटले प्राकृतिक वातावरणमा मात्र असर गर्दैन, मानव जीवन, सामाजिक संरचना र आर्थिक विकासमा पनि प्रत्यक्ष असर पार्छ । कृषि उत्पादनमा गिरावट, पशुपालनमा कठिनाइ, खाद्यान्न अभाव, स्वास्थ्य समस्या र रोजगारी सङ्कट सिर्जना हुन्छ । यसले स्थानीय समुदायमा विस्थापन, गरिबी र असमानता बढाउँछ । यस समस्याको समाधानका लागि प्रभावकारी नीति, दिगो विकास, हरित ऊर्जा, वन संरक्षण, वर्षे पानी सङ्कलन, जलस्रोतको दिगो उपयोग र स्थानीय जनचेतना आवश्यक छ । वैश्विक स्तरमा औद्योगिक र धनी राष्ट्रहरूले उत्सर्जन घटाउने पहल गर्नु पर्छ । व्यक्तिगत र समुदायस्तरमा ऊर्जा बचत, विद्युतीय साधनको प्रयोग, मासु र दुग्धजन्य उत्पादनको उपयोग घटाउने उपाय पनि योगदान दिन सक्छ ।
मानव जातिको भविष्य जलवायु सन्तुलनसँग सम्बन्ध राख्छ । तापक्रम वृद्धिका कारण समुद्री सतह बढ्दै गएको छ, जुन तटीय सहर डुबानको खतरा भोगिरहेका छन् । खाद्यान्न उत्पादन घट्दै गएको छ । पानीको स्रोत सुक्दै गएको छ । प्राकृतिक विपत्को सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । अबको उपाय भनेको दिगो विकासको बाटो अपनाउनु हो । हरित ऊर्जा प्रयोग, वन संरक्षण, जलस्रोतको संरक्षण र विश्वस्तरमै वातावरणमैत्री नीतिहरू कार्यान्वयन गर्नु आवश्यक छ । यदि मानव जातिले प्रकृतिसँग मिलेर चल्न सकेन भने न हिमाल बाँच्छ, न मानिस । त्यसैले आजको चेतना नै भविष्यको सुरक्षा हो ।
विश्व आज जलवायु परिवर्तनको गम्भीर सङ्कटको सामना गर्दै छ । वातावरणीय असन्तुलन, प्राकृतिक प्रकोपको वृद्धि, जल स्रोतको क्षरण र पारिस्थितिकीय प्रणालीमा असर परिरहेको छ । तापमान वृद्धिका कारण पृथ्वीको मौसम प्रणाली अस्थिर बन्दै गएको छ । नेपाल जस्ता हिमाली र विकासशील मुलुकमा यसको प्रभाव अझ स्पष्ट देखिएको छ । हिमनदी पग्लँदै छन्, ग्लेसियर ताल विस्फोटको खतरा बढ्दै छ र बाढी, पहिरो तथा असिनाका घटना तीव्र भएका छन् ।
विकास मानव सभ्यताको आवश्यक पक्ष हो तर ऊर्जा, पूर्वाधार, उद्योग र कृषिमा हुने प्रगतिका नाममा हुने अत्यधिक खनन, वन विनाश र इन्धनको प्रयोगले वातावरण प्रदूषित भएको छ । यसले हरितगृह ग्यास उत्सर्जन बढाउँछ, जसले जलवायु परिवर्तनलाई झन् तीव्र बनाउँछ । यिनै कारणले विकास र वातावरणबिच द्वन्द्व देखिन्छ ।
नेपालमा जलवायु परिवर्तनको असर कृषि प्रणालीमा विशेष गरी देखिन्छ । वर्षाको अनिश्चितता, खडेरी र बाली नष्ट हुने समस्याले कृषिमा निर्भर जनताको जीवनमा सङ्कट सिर्जना गरेको छ । हिमाल पग्लँदा ग्लेसियर तालहरूको विस्फोटको जोखिम बढ्छ, जुन गाउँ, सहर र खेतीपातीमा विनाश ल्याउन सक्छ । तापक्रम वृद्धिले ध्रुवीय र उच्च पहाडी प्रजातिको जीवन सङ्कटमा पार्दै छ तर समाधान पनि सम्भव छ । नवीकरणीय ऊर्जा, वातावरणमैत्री कृषि, हरियाली पूर्वाधार र जनचेतनाले दिगो विकास सम्भव छ ।
नेपालमा हरितगृह ग्यास उत्सर्जनले ‘हरितगृह प्रभाव’ सिर्जना गरी तापमान वृद्धि गराएको छ । ओजोन तहमा क्षति पनि देखिएको छ, जसले सूर्यको हानिकारक किरणहरू प्रत्यक्ष प्रवेश गराउँछ । देशभरका दुई हजार तीन सयभन्दा बढी हिमतालमध्ये धेरै उच्च जोखिममा छन् । हुम्लाको ताक्सो हिमताल फुट्दा आएको बाढी यसको उदाहरण हो । तापक्रम वृद्धिका कारण उच्च पहाडी क्षेत्रमा चितुवा, बाघ, लामखुट्टे र अन्य जीव देखा पर्न थालेका छन, साथै आँप र लिची फल्न थालेको घटना पनि देखिन्छ ।
तराईमा अत्यधिक ताप, पानीको अभाव, कृषिमा ह्रास, बालीनालीको क्षति र खाद्य सङ्कट बढ्दै छ । चुरे क्षेत्रको दोहनले भूमिगत जलस्रोत घटाएको छ । बेमौसमी वर्षा, असिनापात, खडेरी र अनियमित वर्षाले कृषकको आय घटाएको छ । स्वास्थ्यमा पनि असर परेको छ । मलेरिया, डेङ्गु, जापानिज इन्सेफलाइटिस, मिर्गाैला समस्या, कुपोषण र अन्धोपन तीव्र रूपमा फैलिएका छन् ।
विकासोन्मुख राष्ट्रहरूले कम मात्र ग्यास उत्सर्जन गरे पनि नेपाल जस्ता मुलुक बढी असर भोग्दै छन् । जलवायु सङ्कटको समाधान बहुआयामिक रणनीति आवश्यक छ । पेट्रोलियम पदार्थ आधारित इन्धनको प्रयोग घटाउँदै नवीकरणीय ऊर्जा जलविद्युत्, सौर्य, वायुमा जोड दिनु पर्छ । वन संरक्षण, वृक्षरोपण र सिमसार क्षेत्रको संरक्षण अनिवार्य छ । सहरी विकास योजनाबद्ध हुनु पर्छ, सार्वजनिक यातायात प्रवर्धन र प्रदूषण नियन्त्रण गरिनु पर्छ । वर्षा पानी सङ्कलन, जलस्रोत संरक्षण र अनुकूलन रणनीति अपनाएर विपत् जोखिम न्यूनीकरण र नागरिक चेतना अभिवृद्धि गर्नु पर्छ ।
जलवायु परिवर्तन आर्थिक, सामाजिक, स्वास्थ्य र अन्तर्राष्ट्रिय न्यायसँग जोडिएको गम्भीर सङ्कट हो । यसको असर अहिलेको पुस्ता मात्र होइन, आगामी पुस्तालाई पनि विनाशको दैलोसम्म पु¥याउन सक्ने छ । अतः यसका समाधानका लागि व्यक्तिगत, राष्ट्रिय र वैश्विक तहमा सामूहिक प्रयास अपरिहार्य छ । विशेषतः नेपालले नवीकरणीय ऊर्जा, वातावरणमैत्री विकास र अन्तर्राष्ट्रिय सहयोगद्वारा जलवायु न्याय सुनिश्चित गर्नुपर्ने समय आएको छ ।