टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस १८ गते । गुल्मी चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चोरकाटे-शान्तिपुर सडक खण्डमा मजुवाबाट शान्तिपुर तर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सत्यवती गाउँपालिका-६ खैरेनीका २५ को सुरज सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।
ट्याक्टर अचानक अनियन्त्रित भएर सडकदेखि अन्दाजी २० मिटर तल खेतमा पल्टिएको थियो । प्रहरीमा दुर्घटनापछि चालक फरार रहेको भन्ने सूचना आएपछि खोज्ने क्रममा बालुवाले पुरिएको अवस्थामा शब फेला परेको थियो ।
अनुसन्धानपछि ट्याक्टरका मालिकले चालक सुरज सार्की भएको भनेर सनाखत गरेको सारुले बताउनुभयो।उहाँका अनुसार इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमान्ड सहित पाँच जनाको प्रहरी टोली खटिएको छ ।