• १७ पुस २०८२, बिहिबार

गृहमन्त्रीद्वारा वीर अस्पतालमा पुगेर अनशनरत डा. भुसालसँग भेट

blog

वीर अस्पताल पुगेर अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु हुँदै गृहमन्त्री ओमप्रकाश अर्याल।

काठमाडौँ, पुस १७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । 

गृहमन्त्री अर्यालले वीर अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किए लगत्तै उहाँ भुसालको उपचार भइरहेको वीर अस्पताल पुग्नु भएको हो । 

गृहमन्त्री अर्यालले अनसनरत डा. निकोलस भुसाललाई भेटेर उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाउँदै अनशन तोड्न आग्रह गर्नु भएको छ।