काबुल, पुस १७ गते । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभूमि अफगानिस्तानमा फर्केको अधिकारीले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटिए)ले अफगान अधिकारी अब्दुल रहमान हबिबलाई उद्धृत गर्दै “एक वर्षमा लगभग २८ लाख शरणार्थी घर फर्केको उल्लेख गर्दै अर्थतन्त्र र भविष्यमा थप आर्थिक स्थिरताको डर बढेको जनाएका छन् ।
हबीबले अफगान शरणार्थीको फिर्ती पछिको थप विवरण भने पेस गर्नु भएको छैन । यद्यपि, हबीबले अफगान सरकारले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर बनाउन, रोजगारीका अवसर सिर्जना गरी गरिबी निवारण गर्न स्थानीय उत्पादन बढाउन निजी क्षेत्र, विदेशी लगानीलाई सहयोग गर्न र प्रमुख विकास परियोजना कार्यान्वयन जारी राख्ने प्रयास गरिरहनु भएको उल्लेख गर्नु भएको छ । लाखौँ अफगान शरणार्थी विगत चार दशक भन्दा बढी समयदेखि युद्ध र अशान्तिबाट बच्न छिमेकी पाकिस्तान र इरानलगायतका देशमा बसिरहेका थिए । रासस/सिन्ह्वा