काठमाडौँ, पुस १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा मास्क लगाएर मात्र निस्कन आग्रह गरेको छ ।
मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ्या शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै घर बाहिर निस्कनु परेमा मास्क लगाएर मात्र निस्कन आग्रह गरेको हो ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खतरनाक तहसम्म पुगेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । केन्द्रले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
“केही दिन यता काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदुषण खतराजनक तहसम्म पुगेको छ । त्यसैले अनिवार्य काममा बाहेक घर बाहिर ननिस्कौँ घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कौँ ।” केन्द्रलेजारी गरेको सूचनामा उल्लेख छ ।
अत्यधिक वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने तथा दीर्घकालीन स्वास्थ्य जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।