• १७ पुस २०८२, बिहिबार

चितुवाको आक्रमणबाट दुई घाइते

blog

फाइल तस्बिर ।

यज्ञप्रसाद सापकोटा

गुलरिया बर्दिया), पुस १७ गते । बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका-६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू हुनु हुन्छ । 

मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाटोमा हिँडिरहेको समयमा सडक किनारमा रहेको जनजागृति सामूदायिक वनबाट आएको चितुवाले आक्रमण गरेको हो । 

घाइते इश्वरको बाँया खुट्टाको पैताला र जलवीरको ढाडमा चोट लागेको प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनु भयो । बारबर्दिया नगरपालिका–६, मनिकापुरमा बिहीबार बिहान करिब साढे ७ बजे चितुवाको आक्रमणमा दुई जना घाइते भएका छन् । मनिकापुरस्थित नगर अस्पतालनजिकै घटना भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । करिब १२ जना घाइते भएका छन् ।