• १७ पुस २०८२, बिहिबार

अपरिचित समूहको गोलीबाट साहको मृत्यु : सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

blog

प्रदर्शनमा उत्रिएका स्थानीय । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, पुस १७ गते । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

बुधबार राति सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरीटोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको विरोधमा स्थानीय पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

गोली हान्ने दोषी अपराधी वा सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको शव राखेर प्रदर्शन गरिराखेका छन् ।

यो पनि पढ्नुहोस

अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु

स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् भने भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको छ ।