आधुनिक सार्वजनिक प्रशासन संरचनागत, प्रव्रिmयागत र प्रविधिगत रूपमा निरन्तर विकसित हुँदै गएको छ । विकाससँगै नैतिक सङ्कट, भ्रष्टाचार, उत्तरदायित्वको क्षयीकरण र सार्वजनिक स्रोतसाधनको दुरुपयोगलगायत समस्या गम्भीर रूपमा भएका छन् । प्रशासनिक संरचनाको तात्कालिक समस्या समाधानका लागि होइन दीर्घकालीन, नीतिगत, कानुनी र सूचना प्रविधिउन्मुख प्रभावकारी पाइला चालिनु पर्छ । यही सन्दर्भमा आज सार्वजनिक प्रशासनको अग्रभागमा आर्थिक सदाचार र नैतिक सवालको विषय देखिएको हो ।
पौरस्त्य दार्शनिक परम्परामा आधारित समाजमा सार्वजनिक प्रशासन राज्यद्वारा निर्माण भएको नीति, कानुन, योजना एवं कार्यक्रम कार्यान्वयन गर्ने संयन्त्र मात्र नभई मानव जीवनसँग प्रत्यक्ष जोडिएको नैतिक संयन्त्र पनि हो । अतः पौरस्त्य दर्शनमा प्रत्यक्ष सरोकार भएको धर्म, अर्थ, कर्म, सदाचार, मूल्य, आदर्श एवं परम्परा आधुनिक सार्वजनिक प्रशासन र आर्थिक सदाचारसँग समन्वय गर्दै प्रशासन सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।
पौरस्त्य दर्शनका आदर्श तìव अन्तर्गत पौरस्त्य दर्शनको अनुसरण, नैतिक एवं संस्कार शिक्षाको शिक्षण सिकाइ, नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनबाट सुशासनका लागि स्थापित संस्थाहरूको सबलीकरण पर्छन् । पौरस्त्य मान्यताले पूर्वको, अगाडिको वा पूर्वीय विचार, सिद्धान्त, स्वीकृति, मन्जुरी, मान, इज्जत कर्तव्यबोधको सदुपयोग अत्यावश्यक हुने विषय हुन् । आर्थिक सदाचार भन्नाले शिष्टाचार वा सद्व्यवहार, सकारात्मक सोच, निष्ठा, उच्च नैतिक चरित्रका साथ धर्मसम्मत धनसम्पत्ति आर्जन गर्नु तथा त्यसको न्यायोचित, पारदर्शी र जवाफदेही ढङ्गबाट उपयोग गर्नु हो (प्रज्ञा नेपाली बृहत् शब्दकोश, २०७९) । पौरस्त्य दर्शनले आर्थिक गतिविधि नैतिक दायराभित्र राख्नका लागि स्पष्ट मार्गनिर्देश गरेको छ । पौरस्त्य जीवनदर्शनका चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मा धन आर्जन सधैँ धर्मको अधीन हुनुपर्ने निर्देश गरेको छ । पुरुषार्थको एक एक महìवपूर्ण अङ्ग अर्थ (धन) मानिएको धनको आर्जन धर्मसम्मत हुनुपर्ने मान्यता स्थापित गरेको छ । न स्तेयमद् मि (अथर्वेद १४।१।५७) अर्थात् चोरीको अन्न म खान्न भन्ने यस मन्त्रले चोरी नगर्ने प्रतिज्ञा गर्दै आर्थिक सदाचारको महìव झल्काउँछ । प्राचीन वैदिककालदेखि नै आर्थिक सदाचार व्यक्तिगत जीवनमा मात्र नभई सार्वजनिक प्रशासनमा पनि प्रमुख मान्यताका रूपमा रहेको देखिन्छ । वेदले मानिसलाई उच्च नैतिक चरित्रवान्, सदाचारी र सकारात्मक सोचको अभिवृद्धि गर्दै आर्थिक सदाचारको मार्गमा हिँड्न निरन्तर उत्प्रेरित गर्छ । सामवेदको स्तोत्र गायन, वादन, नादको अभ्यास र प्रयोगबाट मान्छेले आनन्दाभूति गरेर एकत्रित संयमित मनबाट सदाचार मात्र होइन आर्थिक सदाचारको बाटो पहिचान गर्नसमेत सरल बनाइदिन्छ । त्याग, संयम र लोभविरुद्धको चेतना आर्थिक सदाचारको मूलका रूपमा रहेको छ । सार्वजनिक प्रशासनमा धन भनेको सार्वजनिक स्रोतसाधनको न्यायोचित, पारदर्शी र जवाफदेही उपयोग हो ।
पौरस्त्य राजनीतिक दर्शनमा राजधर्म र धन वा अर्थबिच अत्यन्त निटतम सम्बन्ध रहेको पाइन्छ । महाभारतमा राज्य सञ्चालनको सन्दर्भमा धर्मेण अर्थः अर्थेण कामः भनिएको छ । अर्थात् धर्मद्वारा निर्देशित अर्थ वा धनले मात्र सामाजिक स्थिरता प्रवर्धन गर्न र आमनागरिकको सुख, शान्ति, समृद्धि, हकहित र सुरक्षा सुनिश्चित गर्न सकिन्छ । कौटिल्यको अर्थशास्त्रमा आर्थिक अनुशासन, राजस्व सङ्कलन, व्ययमा नियन्त्रण र भ्रष्टाचार न्यूनीकरण राज्यको मेरुदण्ड मानिएको छ । यसले आर्थिक नीति र प्रशासनिक निर्णय नागरिक हितसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने स्पष्ट सङ्केत गर्छ । प्रजासुखे सुखं राज्ञः प्रजानां च हिते हितम्, नात्मप्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम् (कौटिल्य अर्थशास्त्र) ।
आधुनिक सार्वजनिक प्रशासनमा पारदर्शिता, वित्तीय उत्तरदायित्व, सार्वजनिक खरिद प्रणाली, लेखा परीक्षण, सार्वजनिक परीक्षण र भ्रष्टाचार नियन्त्रण संयन्त्र स्थापित छन् तर व्यवहारमा यी संयन्त्र पर्याप्त प्रभावकारी हुन नसक्नुको मूल कारण नैतिक चेतनाको कमजोरी हो । ‘न्यु पब्लिक म्यानेजमेन्ट’ ले दक्षता र परिणाममा जोड दिए पनि आर्थिक सदाचारबिनाको दक्षता दीर्घकालीन रूपमा घातक हुन सक्छ । यही कारणले आज सदाचारमा आधारित शासन व्यवस्थाको अवधारणा अगाडि बढिरहेको छ, जुन पूर्वीय चिन्तनसँग निकटतम मेल खान्छ । पौरस्त्य वा पूर्वीय दर्शनले आर्थिक सदाचारको नैतिक आधार प्रदान गर्छ भने आधुनिक सार्वजनिक प्रशासनले कानुनी र संस्थागत संयन्त्रको सम्बोधन गर्छ । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। श्रीमद्भगवतगीता (२।४७) ले निर्देश गरेबमोजिम आशकितरहित वा फलको आशा नराखी कर्म गर्न र आफ्नो कर्तव्यबाट विमुख हुन नहुने सैद्धान्तिक निर्देशन एवं ज्ञान सार्वजनिक प्रशासनमा अँगाल्न सकेको पाइँदैन । यसले गर्दा पौरस्त्य दर्शन र सार्वजनिक प्रशासनबिच समन्वय हुन सक्दैन । कानुनमा निर्दिष्ट तलब भत्ताका अतिरिक्त अन्य अवाञ्छित आर्थिक सुविधा प्राप्तिका लागि आकाङ्क्षा राख्नु पौरस्त्य मान्यताको आर्थिक सदाचार परिपालन नभएको भन्न सकिन्छ । पौरस्त्य दर्शन अनुसार काम गरेपछि निश्चय नै फल प्राप्ति हुन्छ भन्ने शाश्वत विश्वास छ । पौरस्त्य दर्शन सार्वजनिक प्रशासनको निष्काम कर्तव्य, स्वार्थ त्याग र सेवा भावको उत्कृष्ट आधार हो । यी आदर्श मूल्यमान्यता, नीति, आचारसंहिता र प्रशासनिक प्रशिक्षणमा समावेश गर्नु नै समन्वयको व्यावहारिक मार्ग हो ।
म्याक्स वेबरको कर्मचारीतन्त्र र व्रिmस्टोफर हुडको नयाँ सार्वजनिक प्रशासनको सिद्धान्तले सार्वजनिक प्रशासनलाई वैज्ञानिक, दक्ष र नैतिकतासँग जोड्छ । वेबरका अनुसार पदसोपान÷तह, सङ्गठन संरचना, कार्यविभाजन, ऐन तथा नियम र योग्यता प्रणालीमा आधारित नियुक्ति प्रशासनिक प्रणालीका पाँच आधारभूत सिद्धान्त हुन् । यसले जिम्मेवारीको स्पष्टता, दक्षता, विशेषज्ञता, पारदर्शिता र विधिको सुनिश्चित गर्छ । कर्मचारीले व्यक्तिगत स्वार्थभन्दा संस्थागत उद्देश्यमा सर्वोच्च प्राथमिकता दिनुपर्ने बलियो तर्क यस मान्यताले सार्वजनिक प्रशासनलाई व्यवस्थित, स्थायी, अनुशासित र जवाफदेही बनाउँछ ।
व्रिmस्टोफर हुडले सार्वजनिक क्षेत्रलाई निजी क्षेत्र जस्तै दक्ष, परिणाममुखी, प्रतिस्पर्धात्मक, उत्पादनमूलक र नागरिक सन्तुष्टिमा केन्द्रित बनाउने विचार प्रस्तुत गरेका छन् । यस सिद्धान्तले गुणस्तर, जवाफदेहिता, खर्चमा कटौती र स्रोतसाधनको उच्चतम उपयोगमा प्राथमिकता दिन्छ । यस सिद्धान्तले सेवाको सर्वमान्य प्रशासनको दृष्टिकोण (सपिङ बास्केट एप्रोच), नीतिगत निर्णयभन्दा कार्यसम्पादन र परिणाममा जोड, पारदर्शिता, मापनयोग्य परिणाम र नागरिक सन्तुष्टिलाई मुख्य तìव, आर्थिक सदाचारको दृष्टिमा खर्चमा संयमता, स्रोतसाधनको उच्चतम उपयोग र जवाफदेहिताको प्रवर्धनमा जोड दिन्छ । सार्वजनिक प्रशासनलाई व्यावसायिक बनाउने र निजी क्षेत्रका व्यवस्थापन ढाँचा प्रयोग गरी दक्षता वृद्धि गर्नु यसको उद्देश्य रहेको छ । यसले सेवा वितरणलाई विकेन्द्रीकृत बनाउने, स्थानीय तहलाई स्वतन्त्रता दिने र कहिलेकाहीँ खर्च कटौती प्रणाली अपनाउने प्रयोग गरेको छ । यस सिद्धान्तले वित्तीय नियन्त्रण, धनका लागि मूल्य, कार्यसम्पादन, लक्ष्य निर्धारण, उच्च व्यवस्थापनको अधिकार प्रत्यायोजनमा जोड दिन्छ ।
निजी क्षेत्रको कार्यशैलीबाट सिक्दै सार्वजनिक प्रशासनमा नैतिकता र उत्तरदायित्व सुदृढ बनाउने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन हुन्छ । यस सिद्धान्तले आर्थिक सदाचारलाई व्यावहारिक र संस्थागत बनाउने मार्ग प्रशस्त हुन्छ । वेबरको तर्कसङ्गत प्रशासनिक संरचना र हुडको परिणाममुखी तथा दक्ष सार्वजनिक सेवा अवधारणाले नेपालको सार्वजनिक प्रशासनमा नैतिकता, दक्षता र जवाफदेहिपन सुनिश्चित गर्ने सैद्धान्तिक र व्यावहारिक आधार प्रदान गर्छ ।
नेपालको वित्तीय व्यवस्थापन, बोलपत्र आह्वान पद्धति, सार्वजनिक सेवा प्रवाह र विकास खर्चमा आर्थिक सदाचारको प्रश्न अत्यन्त संवेदनशील छ । अमुक कार्यसम्पादन गर्न सम्बन्धित कानुनमा पर्याप्त व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलोपन देखिँदा नैतिक संस्कृतिको अभाव प्रत्यक्ष देखिन्छ । पौरस्त्य दर्शनमा आधारित आर्थिक सदाचारलाई नेपालको सार्वजनिक प्रशासनिक संस्कृतिको अङ्ग बनाउने हो भने भ्रष्टाचार नियन्त्रण र जनविश्वास पुनस्र्थापना सम्भव छ । पौरस्त्य दर्शन, आर्थिक सदाचार र आधुनिक सार्वजनिक प्रशासन परस्पर विरोधी होइनन्, यी एक अर्काबिच अन्तरसम्बन्धित, परिपूरक र घनिष्ट आधारस्तम्भ हुन् । आधुनिक सार्वजनिक प्रशासनले संरचना, प्रव्रिmया र सूचना प्रविधिमा विशिष्ट चासो राख्छ भने पौरस्त्य दर्शनले नैतिक चरित्र एवं संस्कार शिक्षा, शिष्टाचार र आर्थिक सदाचारप्रति व्यावहारिक शुद्धता सुनिश्चित गर्छ । यी त्रिपक्षीय संयन्त्रको समन्वय र समझदारीबाट मात्र नागरिकमैत्री, पारदर्शी र जनमुखी सार्वजनिक प्रशासनको विकास सम्भव हुन्छ ।
विशेषतः आर्थिक सदाचारको दृष्टिले सार्वजनिक प्रशासन भनेको नियन्त्रणमुखी संयन्त्र मात्र नभई नैतिक नेतृत्व र उदाहरणीय प्रस्तुतीकरण गर्ने संस्थाका रूपमा विकास गर्न आवश्यक छ । पौरस्त्य वा पूर्वीय दर्शनले सार्वजनिक पदाधिकारीलाई आत्मसंयम, विवेक र लोकहितलाई निर्णयको आधार बनाउन प्रेरित गर्छ, जसले दीर्घकालीन र संस्थागत विश्वसनीयता अभिवृद्धि गर्छ । आधुनिक नीति एवं कानुनी संयन्त्र र प्रविधिले नैतिक आधारलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पु-याउँछ ।
सेवा प्राप्त गर्नु आमनागरिकको मौलिक हक हो भन्ने आदर्श मान्यता अवलम्बन गर्दै प्रशासनिक संयन्त्र सेवाग्राहीमुखी बनाउनु समयको माग हो । नेपालको सन्दर्भमा सङ्घीय संरचना, विकास खर्चको वृद्धि, सार्वजनिक खरिद प्रणालीको जटिलता र सेवा प्रवाहको बढ्दो अपेक्षालगायतका कारण आर्थिक सदाचारको महìव अझ विस्तृत भएको छ । कडा कानुन बनाएर वा दण्डको भय सिर्जना गरेर मात्र सार्वजनिक प्रशासन प्रभावकारी हुँदैन । व्यक्ति स्वयम्ले आफूमा स्वस्फूर्त स्वअनुशासन र वित्तीय जवाफदेहिता प्रवर्धनका लागि इच्छा प्रकट गर्नु अनुकरणीय विषय हो । यसका लागि प्रशासकमा पर्याप्त ज्ञान, सिप, विज्ञता, उच्च नैतिक चरित्र एवं चेतना, प्रशिक्षण, शीघ्र निर्णय क्षमता र प्रशासनिक संस्कृतिको संस्थानीकरण अपरिहार्य हुन्छ ।
पौरस्त्य दर्शनमा आधारित आर्थिक सदाचार वर्तमान प्रशासनिक नीति, आचारसंहिता, प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, आधारभूत शिक्षादेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम र नेतृत्व विकासलगायतका कार्यक्रमसँग आबद्ध गर्नु आजको आवश्यकता हो । नेपालको संविधानमा उल्लिखित सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने सर्वव्यापी नीतिमा यी दुवै विधाको सक्षम अन्तरसम्बन्ध र समन्वयले सार्वजनिक प्रशासन थप विश्वासयोग्य र जनमुखी बनाउन टेवा पुग्ने छ ।