• ८ असार २०८१, शनिबार

गौतम बुद्ध पुस्तक विमोचन

blog

काठमाडौँ, असार २७ गते । अनुसन्धानकर्ता शैलेन्द्रबहादुर थापाद्वारा लिखित पुस्तक विश्व शान्तिका अग्रनायक गौतम बुद्ध नामक पुस्तक विमोचन आइतबार स्वयम्भूको महाचैत्य परिसरमा गरिएको छ । उक्त पुस्तकको विमोचन लुम्बिनी बौद्ध विश्वविद्यालय कीर्ति सुलक्षण विहारका प्राध्यापक डा. नरविक्रम थापा, बौद्ध दर्शनका विद्वान् अनुसन्धानकर्ता वसन्त महर्जन, विद्वान् कृष्णबहादुर थापालगायतका व्यक्तिले गर्नुभएको हो । 

महामानव गौतम बुद्ध र उहाँसँग सम्बन्धित विभिन्न जीवनकाल क्रमका घटना विवरणलाई अनुसन्धानकर्ता थापाले पुस्तकमा समेट्ने प्रयास गर्नुभएको छ । बुद्धको जीवनकालको घटना विवरणलाई तथ्य तथ्याङ्क विश्लेषण सामग्री आफूले पुस्तकमार्फत पस्कन खोजेको दाबी लेखक थापाको रहेको छ । पुस्तक बौद्ध दर्शन विषय अध्ययनकर्ताका लागि उपयोगी हुने विश्वास गरिएको छ ।