• १३ साउन २०८१, आइतबार

धेरै सदस्य भएका पाटन उच्च अदालत बारमा मतदान जारी

blog

काठमाडौं, असार २५ गते । नेपालको ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएसनको २०औँ नयाँ कार्यसमितिका लागि शनिबार मतदान भइरहेको छ ।

नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी  हुनुभएको छ ।

प्रगतिशील समूहमा नेकपा (एमाले) र समाजवादी निकट कानुन व्यवसायी छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा छन् । 

नयाँ कार्यसमितिमा पाँच  र १४ गरी १९ सदस्य रहनेछन् । जसमा पदाधिकारीका लागि १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । बार निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार नयाँ कार्यसमितिका लागि बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको र बेलुका  ५ः१५ सम्म मतदान जारी रहन्छ । आजै साँझ करिब ७ बजेतिर मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ ।

उक्त बारमा दुई हजार ८२८ मतदाता छन् । दुईवर्षे कार्यकालका लागि उक्त निर्वाचन हुन भएको हो । यसअघि कोभिड–१९ को सङ्क्रमणका कारण नयाँ कार्यसमितिको निर्वाचन हुन केही ढिलाइ भएको थियो । विसं २०७५ भदौ १३ गते अघिल्लो निर्वाचन भएको थियो ।